गुणस्तर परिषद्को बैठकबाट नयाँ परीक्षण विधि स्वीकृत
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा नेपाल गुणस्तर परिषद्को ११३ औँ बैठक सिंहदरबारमा सम्पन्न भएको छ ।
बैठकबाट नयाँ १७ वटा नेपाल गुणस्तर र ३ वटा हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ ।
हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामाग्रीको बजारको मागका आधारमा हाल कायम रहेको एनएस ८०स्२०४२ ह्युम पाइपलाई परिमार्जन गरिएको नेपाल गुणस्तर एनएस ८०स्२०८१ पारित भएको हो । साथै लिमिटेड ओभन स्याक (ब्लक बटन भल्भ) र घरायसी प्रयोजनमा आउने युपीभीसी पाइप फिटिङको नेपाल गुणस्तरमा समेत परिमार्जन गरिएको छ ।
यसैगरी गरगहना, पानी र माटो परीक्षणसँग सम्बन्धित आईएओबाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तर अनुरूप परीक्षण विधिका गुणस्तरहरू समेत उक्त बैठकबाट स्वीकृत भएका छन् ।
मन्त्री भण्डारीले यस बाहेक अन्य सामग्रीको समेत गुणस्तर निर्धारण गर्नुपर्ने बताएका छन् । हाल चलनचल्तीमा रहेका बाहेक ठुला साइजका ग्यास सिलिण्डरहरुको नेपाल गुणस्तर तयार गर्न उनले विभागलाई निर्देशन दिए । उनले निर्यात प्रवर्धन हुने अन्य सामग्रीहरूको अध्ययन गरी मापदण्डहरु कायम गर्न निर्देशन दिएका हुन् ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशकको संयोजकत्वमा रहेको प्राविधिक समितिबाट पारित मस्यौदा नेपाल गुणस्तर परिषदबाट स्वीकृत भए पश्चात उक्त गुणस्तर नेपाल गुणस्तरको रूपमा मान्यता पाउने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण