सत्र वस्तुको नयाँ गुणस्तर र तीनको गुणस्तर परिमार्जन प्रस्ताव स्वीकृत
काठमाडौँ । नेपाल गुणस्तर परिषद्ले विभिन्न १७ वस्तुको नयाँ नेपाल गुणस्तर तथा तीन वटा वस्तुको हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा आज बसेको परिषद्को ११३ औँ बैठकले विभिन्न १७ वस्तुको नयाँ नेपाल गुणस्तर तथा तीन वस्तुको हाल कायम रहेका नेपाल गुणस्तर परिमार्जन गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
हाल विकसित नयाँ प्रविधि र उच्च गुणस्तरका सामग्रीको बजार मागका आधारमा हाल कायम रहेका गुणस्तरलाई परिमार्जन गरी पारित गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिए । उनका अनुसार बैठकले गरगहना, पानी, माटो परीक्षणसँग सम्बन्धित आइएसओबाट निर्धारित अन्तर्राष्ट्रिय गुणस्तरअनुरुप परिक्षण विधिका गुणस्तर स्वीकृत गरेको छ ।
विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषद्को सदस्य सचिव विभागका महानिर्देशक हुने प्रावधान छ ।
विभागका महानिर्देशक ज्योति जोशी भट्टले विभागको प्राविधिक समितिले पारित गरेका गुणस्तरलाई मन्त्रीको अध्यक्षतामा रहेको गुणस्तर परिषद्मा पठाइने र सोही परिषद्ले अध्ययन गरी पारित गर्ने प्रावधान रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण