दुर्घटना
दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु
शुक्रबार, ३० कात्तिक २०८१, ०७ : ०५
दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु भएको छ । मालिकार्जुन जात्राबाट गोकुलेस्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप आज बिहान ४ बजे शैल्यशिखर नगरपालिका–५ मा पर्ने सिराडको खोलामा दुर्घटना भएको हो ।
दुर्घटनास्थलमा छ जनाको मृत्यु भएको र अन्य ६ जना घाइते भएका दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । जात्रा हेरेर फर्किएकाहरु सवार दुर्घटनामा परेका उनले बताए । घाइते सबैको अवस्था गम्भीर रहेको जानकारी दिँदै उनले मृतकको सनाखत हुन बाँकी रहेको बताए। घाइतेहरूलाई गोकुलेस्वर अस्पताल पठाइएको छ ।
दुर्घटनाको कारण र जीपमा कतिजना सवार थिए खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्को पहुँच बाहिर
-
नुहाउनेबित्तिकै पानी पिउन हुन्छ कि हुन्न ?
-
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
-
काठमाडौँ महानगरमा आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर
-
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, एक समूहद्वारा बहिष्कारको तयारी
-
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण