पाराग्वेसँग स्तब्ध बन्यो अर्जेन्टिना
काठमाडौँ । दक्षिण अमेरिकी विश्वकप छनोटमा पाराग्वेले विश्व विजेता अर्जेन्टिनालाई स्तब्ध बनाएको छ । स्थानीय समयअनुसार बिहीबार राति भएको खेलमा पाराग्वे २–१ गोलले विजयी बनेको हो ।
अर्जेन्टिना विश्वकप छनोटका पछिल्ला चार खेलमध्ये एक मात्र विजयी बनेको छ । यद्यपि, खेलमा अग्रता भने अर्जेन्टिनाले नै लिएको थियो । खेलको ११ औँ मिनेटमा इन्टर मिलानका फरवार्ड लाउटारो मार्टिनेजले टोलीलाई अग्रता दिलाए ।
लगत्तै पाराग्वेले १९ औँ मिनेटमा बराबरी गोल फर्कायो । एन्टोनियो सानाब्रियाले ओभरहेड किकमार्फत गोल गरे । पहिलो हाफ १–१ को बराबरीमा टुङ्गिएको थियो ।
दोस्रो हाफको सुरुवातमा नै पराग्वेले अग्रता लियो । मार्सेका लियोनार्डो बालेर्डीले गरेको उक्त गोल नै अन्ततः खेलमा निर्णायक बन्यो ।
हारका बाबजुद अर्जेन्टिना ११ खेलबाट २२ अङ्क बटुल्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । पराग्वे १६ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण