बैंकको घटेको ब्याजदरले टेलिकमको नाफा प्रभावित
काठमाडौं । बैंकमा ब्याजदर घट्दा नेपाल टेलिकमको नाफामा प्रत्यक्ष प्रभाव परेको छ । टेलिकमले प्रकाशित गरेको चालु आर्थिक वर्षको पछिल्लो तीन महिनाको वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यो समयमा २ अर्ब २ करोड रुपैयाँ बराबरको नाफा कमाएको थियो ।
यो अवधिमा टेलिकमले वित्तीय लगानीबाट प्राप्त हुने आम्दानी १ अर्ब १७ करोड बराबर गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ७५ करोड रुपैयाँ बराबर थियो । टेलिकमले अघिल्लो वर्षको तीन महिनामा ८ अर्ब ५८ करोडको व्यापार गरेकोमा अहिले १० करोड रुपैयाँले बढेर ८ अर्ब ६८ करोड पुगेको छ ।
आम्दानीसँगै यो वर्ष टेलिकमको खर्च पनि सम्हालिएको छ । अघिल्लो वर्षको तीन महिनामा २ अर्ब ५ करोड रहेको कर्मचारी खर्च अहिले १ अर्ब ७४ करोडमा झरेको छ । सञ्चालन खर्चमा सामान्य वृद्धि भएर १ अर्ब ५४ करोड पुग्दा नियामकीय खर्च १ अर्ब ९० करोडबाट १ अर्ब ५ करोड रुपैयाँमा झरेको छ ।
अहिले बैंकसँग विभिन्न बैंक तथा वित्तीय संस्था तथा शेयरमा मात्रै ३१ अर्ब रुपैयाँ बराबरको लगानी छ । त्यसमध्ये धेरैजसो रकम मुद्दती खातामा रहेको देखिन्छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलतासँगै ब्याजदरमा समेत कमी आउँदा समस्या देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण