महिला संख्या बढाउन पार्टीभित्रै आन्तरिक प्रतिस्पर्धा बढाउनुपर्छ : अध्यक्ष हमाल
काठमाडौँ । नेकपा (एमाले) निकट अखिल नेपाल (अनेमसंघ) की अध्यक्ष टुकाभद्र हमालले महिला संख्या बढाउन पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा गर्न जरूरी रहेको बताएकी छन् । संघले शुक्रबार विभाग प्रमुख, प्रदेश र क्षेत्रीय महिला नेताहरूसँग बसेको बैठकमा हमालले महिला सहभागिताको अवस्थाबारे चिन्ता व्यक्त गरेकी हुन्।
पार्टीलाई बाह्य र देशभित्रैका विभिन्न तत्वबाट आक्रमण भइरहेकाले मङ्सिर ७ गते बृहत जागरण सभाको आयोजना गर्न लागेको उनले जानकारी दिइन् । अनेमसंघको केन्द्रीय कमिटीको बैठकले काठमाडौँ उपत्यकाबाट मात्र कम्तीमा १३ हजार महिलालाई सडकमा उतार्ने निर्णय गरेको छ ।
यस्तै, अनेमसंघले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने महिला हिंसाविरुद्ध दिवसलाई भव्य बनाउन तयारी गरेको छ । अनेमसंघले संविधान संशोधनका लागि महिलाबाट सुझाव सङकलन गर्ने पनि जनाएको छ । त्यसका लागि केन्द्रीय कमिटीले मातहतका निकायलाई सुझाव सङ्कलनको लागि निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण