‘ह्रस्व दीर्घ’को सुरुवाती व्यवसाय कस्तो ?
काठमाडौँ । अभिनेत्री निता ढुङ्गाना निर्मित फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । शुक्रबारबाट देशभर एकल प्रदर्शनमा आएको फिल्मले शुक्रबार र शनिबार आक्रामक व्यवसाय गर्दै राम्रो कमाउन सफल भएको निर्माता अभिनेत्री निताले जानकारी दिइन् । उनले फिल्मको दर्शक प्रतिक्रिया समेत राम्रो भएको बताइन् । उनले भनिन्, ‘फिल्मको व्यापार राम्रा भएपनि शो थपिएन । यो नै हाम्रो गुनासो हो ।’
फिल्मले शुक्रबार र शनिबार देशभरका हलमा हाउसफूलको व्यवसाय गरेको वितरक मनोज राठीले जानकारी दिए । फिल्मको दुई दिनको कलेक्स कति भनेर हिसाब गर्न बाँकी रहेको उनको भनाई रहेको छ ।
शनिबार फिल्मको प्रतिक्रिया बुझ्न निर्माण टिम उपत्यकाका क्युएफएक्स विभिन्न हल, बिग मुभिज, वान सिनेमाज, एफक्युब पुगेको थियो । हलमा निर्माण युनिटलाई देख्दा दर्शक निकै उत्साहित भएका थिए ।
निता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । हरिहर अधिकारी, निता ढुङ्गाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको फिल्ममा अभिनय छ । फिल्मको निर्देशन चन्द्र पन्तले गरेका हुन् ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
फिल्म नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा निर्माण भएको छ । फिल्म मनोज राठी र उज्ज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण