ब्राजिलकी प्रथम महिलाले मस्कलाई किन गरिन् गाली ?
रियो द जेनरियो । ब्राजिलकी प्रथम महिला अर्थात् त्यहाँका राष्ट्रपतिकी पत्नी जान्जा लुला डा सिल्भाले अमेरिकी खर्बपति व्यापारी एलन मस्कलाई गाली गरेकी छिन् । एक कार्यक्रममा उनले मस्कविरुद्ध अपमानजनक भाषा प्रयोग गरेकी थिइन् ।
जान्जा लुलाले मस्कलाई गाली गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियोमा मस्कले पनि प्रतिक्रिया दिएका छन् ।
लुलाले अर्को चुनाव हार्न लागेकी छिन्: मस्क
ब्राजिलले जीट्वेनटीको शिखर सम्मेलन आयोजना गरिरहेको छ । यस अन्तर्गत ब्राजिल सरकारले विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको छ । यस्तै एउटा कार्यक्रममा जान्जा लुला पनि सहभागी भएकी थिइन् । यस क्रममा उनले मस्कको आलोचना गरिन् र उनीविरुद्ध अपमानजनक शब्द प्रयोग गरिन् ।
वास्तवमा मस्कको माइक्रो ब्लगिङ कम्पनी एक्स ब्राजिलमा विवादमा परेको छ । मस्कले ब्राजिलको प्रथम महिलाको यो भिडियोमा मुस्कुराइरएको इमोजी पोस्ट गरेका छन् । अर्को पोस्टमा, उनले ब्राजिलका राष्ट्रपतिले अर्को चुनाव हार्न लागेको भनेर भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण