सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी
आइतबार, ०२ मङ्सिर २०८१, १२ : ०१
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ ।
आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो ।
कम्पनीलाई शनिवार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मान गरेको छ । कम्पनीलाई रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
आन्तरिक राजश्व विभागले आयोजना गरेको कार्यक्रममा रेमिटेन्सको तर्फबाट संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मानपत्र ग्रहण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण