स्थानीय तह निर्वाचन
कीर्तिपुरमा राप्रपाले उठायो ज्ञानेन्द्रको पालामा चुनाव जितेका महर्जनलाई मेयरको उम्मेदवार
आइतबार, ०२ मङ्सिर २०८१, १३ : १५

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेको छ । सो पार्टीको तर्फबाट आइतबार ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । उनी पेशाले इन्जिनियर हुन् ।
उनी २०६२ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको नगर चुनावमा मेयरमा विजयी भएका थिए । त्यसबेला उनी ५८ दिन मेयर भएका थिए ।
उम्मेदवारी दर्ता गर्दै उनले भने– ‘मलाई चुनौती छ, कीर्तिपुरलाई नयाँ बनाएर काम गरेर देखाउँछु । १९ वर्षमा विकासमा नभएको काम गरेर देखाउँछु । बाँकी अधुरा र काम गरेर देखाउँछु । ५८ दिनमा गर्न नसकेको काम गरेर देखाउँछु ।’
त्यस्तै राप्रपाले सो नगरपालिका– १ को अध्यक्ष पदमा सुरेन्द्र उप्रेती, वडा नम्बर ४ को अध्यक्ष पदमा विजेश बस्नेतलाई उठाएको छ । उनीहरुले पनि मनोनयन दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु
-
विमानस्थलमा फेरि हुन थाल्यो सेटिङ, ‘कोड वर्ड’ प्रयोग गरेर असुल्छन् रकम
-
मकवानपुर महिला गोल्डकप : एपीएफले वीरगञ्जलाई १२ गोलले हरायाे
-
देउवासँग ओलीको २ घण्टा छलफल : टीआरसी, बजेट र नीति तथा कार्यक्रममा चासो
-
बलात्कारको आरोपमा भारतीय क्रिकेटर पक्राउ
-
‘सीप मेला सीपयुक्त जनशक्ति र रोजगारदाताका लागि पुल हो, सहकार्य गर्न तयार छौँ’