स्थानीय तह निर्वाचन
कीर्तिपुरमा राप्रपाले उठायो ज्ञानेन्द्रको पालामा चुनाव जितेका महर्जनलाई मेयरको उम्मेदवार
आइतबार, ०२ मङ्सिर २०८१, १३ : १५
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेको छ । सो पार्टीको तर्फबाट आइतबार ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराएका छन् । उनी पेशाले इन्जिनियर हुन् ।
उनी २०६२ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको नगर चुनावमा मेयरमा विजयी भएका थिए । त्यसबेला उनी ५८ दिन मेयर भएका थिए ।
उम्मेदवारी दर्ता गर्दै उनले भने– ‘मलाई चुनौती छ, कीर्तिपुरलाई नयाँ बनाएर काम गरेर देखाउँछु । १९ वर्षमा विकासमा नभएको काम गरेर देखाउँछु । बाँकी अधुरा र काम गरेर देखाउँछु । ५८ दिनमा गर्न नसकेको काम गरेर देखाउँछु ।’
त्यस्तै राप्रपाले सो नगरपालिका– १ को अध्यक्ष पदमा सुरेन्द्र उप्रेती, वडा नम्बर ४ को अध्यक्ष पदमा विजेश बस्नेतलाई उठाएको छ । उनीहरुले पनि मनोनयन दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण