शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१२ वर्ष पछि यो द्वीपमा बच्चाको जन्मः आमा भन्छिन्, ‘गर्भवती भएको थाहै थिएन, एक्कासी छोरी जन्मँदा चकित छु’

सोमबार, ०७ जेठ २०७५, ०७ : ५०
सोमबार, ०७ जेठ २०७५

बीबीसी

ब्राजिलको एक सुदुर द्वीपमा १२ वर्षपछि बच्चाको जन्म भएको छ । उक्त द्वीपमा बच्चा जन्माउन प्रतिबन्ध लागु भएपनि नयाँ पाहुनाको आगमनमा उत्सव मनाइएको छ ।

ब्राजिलको नताल शहरबाट ३ सय ७० किलोमिटर टाढा फेर्नान्दो डि नोरोन्या द्वीपमा लगभग तीन हजार मानिस बसोबास गर्छन् ।

यो द्वीपको कुनै पनि अस्पतालमा प्रसुतीका वार्ड छैनन् । त्यसकारण जो महिला गर्भवती हुन्छन् उनीहरुलाई बच्चा जन्माउनका लागि मुख्य भू–भागमा जाने सल्लाह दिइन्छ ।

जुन महिलाले शनिबार बच्चा जन्माइन् उनी आफ्नो पहिचान सार्वजनिक गर्न चाहन्नन् ।

उनका अनुसार उनलाई आफू गर्भवती भएको थाहा थिएन । एक्कासी शिशुको जन्म हुँदा आफू ‘चकित’ भएको उनी बताउँछिन् ।

‘गर्भवती भएको थाहै थिएन’

ती महिलाको उमेर २२ वर्ष भएको अनुमान गरिन्छ । ग्लोबो वेबसाइटसँग महिलाले भनिन्, ‘शुक्रबार रातीदेखि मलाई पेट दुख्न सुरु भयो, म लगातार बाथरुम गइरहेको थिएँ । त्यतिबेला मलाई थाहा भयो कि पक्कै केही भइरहेको छ । वास्तवमा त्यो प्रसव पीडा थियो । मैले छोरीलाई जन्म दिएँ । उनलाई उनका पिताले आएर उठाए । म त चकित भएँ ।’

त्यसपछि शिशुलाई स्थानीय अस्पताल पुर्याइयो । स्थानीय प्रशासनले बयान जारी गरेर उक्त घटना पुष्टि गरेको हो ।

ओ ग्लोबलका अनुसार प्रशासनको तर्फबाट जारी गरिएको बयानमा लेखिएको छ, ‘यो प्रसव महिलाको घरमा नै भयो । उनी आफ्नो पहिचान सार्वजनिक गर्न चाहन्नन् । उनको परिवारको अनुसार उनलाई आफू गर्भवती भएको बारे जानकारी थिएन ।’

उत्सव मनाइँदैः

द्वीपमा यसरी बच्चा जन्मिएपछि उत्सव मनाइँदैछ । रिपोर्टका अनुसार त्यहाँका स्थानीयले परिवारकोृ मद्दत गरिरहेको छ ।

फेर्नान्दो डि नोरोन्यमा थुप्रै सुन्दर समुन्द्री तट छन् जुन संसारका उत्कृष्ट तटमा सुचिकृत छन् । यो द्वीप वन्यजन्तु संरक्षणका लागि पनि चर्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप