हेटौँडा उपमहानगरपालिका–१२ मा कांग्रेसका तिवारीले दर्ता गरे उम्मेदवारी
आइतबार, ०२ मङ्सिर २०८१, १४ : ५०
हेटौँडा । आगामी मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका–१२ को वडा अध्यक्ष पदको लागि नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । गत २०७९ को निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका अर्जुन प्रसाद तिवारीले मनोनयन दर्ता गरेका हुन् ।
उनले सुदर्शनप्रसाद लामाको प्रस्ताव र सरणबहादुर घलेको समर्थनमा मनोनयन दर्ता गरेका हुन् । तिवारी गत २०७९ को निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार ललित घलानसँग ३१ मतको अन्तरले पराजित भएका थिए । सो निर्वाचनमा तिवारीले १ हजार ३४० मत पाएका थिए भने विजयी भएका घलानले १ हजार ३७१ मत पाएका थिए ।
तिवारी २०७४ को निर्वाचनमा समेत निकटतम प्रतिद्वन्द्वी रहेका थिए । सो निर्वाचनमा पनि घलानले चुनाव जित्दा तिवारी दोस्रो स्थानमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण