नेपालमा वैधानिक माध्यमबाट रुपैयाँ पठाउन दूतावासको आग्रह
काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले नेपालमा वैधानिक माध्यमबाट रुपैयाँ पठाउन आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै राजदूतावासले इजरायलस्थित विभिन्न सहरहरूमा रोजगार गरिरहेका नेपालीलाई वैधानिक माध्यमबाट नेपाल रुपैयाँ पठाउन आग्रह गरेको हो ।
राजदूतावासले भनेको छ, ‘इजरायलमा विभिन्न रोजगार गरी बस्नु भएका नेपाली समुदायहरूलाई आफ्नो परिश्रमको कमाई उचित वैधानिक माध्यमबाट आफ्नो देश पठाई विभिन्न खाले जोखिमहरूबाट टाढा रहन र हुण्डी कारोबारहरूबाट सिर्जित व्यक्तिगत लेनदेनका विषयहरूमा दूतावासमा नियमित जस्तो गुनासाहरू आइरहेको हुँदा कुनै पनि बिचौलियाहरूको मिठो बोली र क्षणिक विश्वासमा नपर्न हुन सबै प्रवासी नेपालीहरूमा यस राजदूतावास विशेष अनुरोध गर्दछ ।’
यस्तै राजदूतावास वैधानिक माध्यमहरू हुँदाहुँदै केहीले अवैधानिक माध्यमहरूबाट नेपाल रुपैयाँ पठाउने गरेको भन्दै चिन्तित व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार
-
बालेनजी गोल हान्नुस्, म बल पास गर्छु : रवि लामिछाने (पूर्णपाठ)
-
गोल हान्ने गरी हामीले बालेनकाे खुट्टामा बल दिएका छौँ : रवि लामिछाने
-
झुक्किएर बल अन्त गए पनि बालेनको खुट्टामा पास गर्छु : रवि लामिछाने
-
नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ भन्दै बालेन शाहले के-के भने ? (पूर्णपाठसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण