घोराही सिमेन्टको 'ढलाई मिक्स पीपीसी सिमेन्ट' बजारमा
आइतबार, ०२ मङ्सिर २०८१, १६ : २६

काठमाडौँ । घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नवीनतम उत्पादन 'ढलाई मिक्स पी.पी.सी सिमेन्ट' बजारमा ल्याएको छ । नेपाली बजारमा यस प्रकारको सिमेन्ट पहिलो पटक घोराहीले ल्याएको बताइएको छ ।
यससँगै नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा उद्योगले लिएको छ । गहिरो अध्ययन अनुसन्धान साथै उच्च प्रविधिबाट उत्पादन गरिएको 'ढलाई मिक्स पी.पी.सी सिमेन्ट', ले विशेषत व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित गरेको उद्योगको विज्ञप्तिमा उल्लेख छ ।
यस उत्पादनको प्रमुख विशेषता प्रारम्भिक मजबुति, उच्च टिकाउपन र छिटो सेट हुने रहेको छ भने जसले घरका बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउने बताइएको छ ।
यो उत्पादन घोराही सिमेन्ट इन्डस्ट्रीको वितरण सञ्जालमा सहजै उपलब्ध हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल च्यालेन्ज मंगलबारदेखि
-
सुर्ती जन्य पदार्थ नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै स्वास्थ्य मन्त्रालय पुरस्कृत
-
एसकेबीसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
-
कर्णाली प्रदेश सभा बैठकमा किन उपस्थित भएन प्रमुख प्रतिपक्ष दल ?
-
कालीगण्डकीमा बेपत्ता किशोरको शव भेटियो
-
स्वदेशी उत्पादनको प्रयोग गरेर आयातमुखी अर्थतन्त्र नियन्त्रण गरौँ : उपप्रधानमन्त्री सिंह