रिसोर्टमा लगेर आँखामा पट्टी बाँधी बन्धक बनाउने कार्यमा संलग्न ४ जना पक्राउ
काठमाडौँ । अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रसुवाका बुद्धि बहादुर तामाङ, नुर्पु सिंगी तामाङ, टेम्पा नुर्पु तामाङ र गोपाल तामाङ रहेका छन् ।
योजनाबद्ध तवरले उनीहरूले राजधानीको बालाजु माछापोखरीबाट गत असोज ४ गते पीडितहरूलाई ट्याक्सीमा राखी बुढानीलकण्ठको शैलजा रिसोर्टमा लगेका थिए ।
त्यसपछि पीडितहरूलाई आँखामा पट्टी बाँधी बन्धक बनाई कुटपिट गर्नुका साथै चेक जबरजस्ती काट्न लगाई विभिन्न डर त्रास देखाएर थप रकम समेत माग गरेका थिए ।
यस सम्बन्धी उजुरी परेपछि ४ जनालाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण