इजरायलसँग स्तब्ध बन्यो बेल्जियम
सोमबार, ०३ मङ्सिर २०८१, ०६ : ४९
बोजसिक एरिना । बेल्जियम यूईएफए नेसन्स लिगमा इजरायलसँग ०-१ गोलले पराजित भएको छ । आइतबार राति भएको खेलमा जित हात पारे पनि इजरायल लिगको शीर्ष टायरबाट रेलिगेसन हुनबाट भने जोगिएन ।
खेलमा डेब्यु गरिरहेका यार्डेन सुआले ८६ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । तर, इजरायललाई रेलिगेसनबाट जोगिन कम्तीमा ३-० को जित आवश्यक थियो ।
समूह ए२ मा दुवै टोलीको समान ४ अङ्क रहेको छ । तर, गत सेप्टेम्बरमा बेल्जियमले इजरायललाई ३-१ गोलले हराएका कारण उसको हेड टू हेड रेकर्ड राम्रो रह्यो ।
सन् २०२२ को फेब्रुअरीमा फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियमले अब रेलिगेसनबाट जोगिन मार्चमा दुई लेगको प्लेअफ खेल्न पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण