उत्तरी गाजामा इजरायली हमलामा कम्तीमा ३४ जनाको मृत्यु
सोमबार, ०३ मङ्सिर २०८१, ०८ : ०५
गाजा । उत्तरी गाजाको बेइट लाहियामा रहेको पाँच तले आवासीय भवनमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको स्थानीय नागरिक रक्षा एजेन्सीले जनाएको छ। एजेन्सीले मृतकमध्ये धेरै महिला र बालबालिका रहेको र दर्जनौँ अझै पनि भग्नावशेषमुनि पुरिएको हुन सक्ने बताएको हो ।
घटनामा सात जना घाइते भएका छन् । इजरायली सेनाले हमासलाई पुनः संगठित हुनबाट रोक्ने प्रयासमा बेइट लाहिया लगायत उत्तरी गाजामा आक्रमण गरेको बताएको छ।
उता, मध्य गाजामा शरणार्थी शिविरहरूमा तीन अलग-अलग आक्रमणहरूमा १५ जनाको मृत्यु भएको छ । दक्षिणमा रफाहमा इजरायली ड्रोन आक्रमणमा पाँच जना मारिएको एजेन्सीले थपेको छ। प्रवक्ता महमुद बस्सलले लगातार गोलाबारी र बमबारीका कारण थप घाइतेको उद्धार गर्ने सम्भावना कम हुँदै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण