इजरायली हवाई हमलामा हिजबुल्लाहका मिडिया प्रमुख मारिए
सोमबार, ०३ मङ्सिर २०८१, ०८ : ४४
बेरुत । हिजबुल्लाहका मिडिया प्रमुख मोहम्मद अफिफ लेबनानको बेरुत सहरमा इजरायली हवाई आक्रमणमा मारिएका छन् । हिजबुल्लाहले यसको पुष्टि गरेको हो।
लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको बताए पनि मन्त्रालयले ती व्यक्तिहरू को थिए भन्ने बताएको छैन।
मोहम्मद अफिफ सार्वजनिक रूपमा देखिने हिजबुल्लाहका थोरै नेता मध्ये थिए। अफिफ अन्तिम पटक गत सोमबार पत्रकार सम्मेलनमा देखिएका थिए ।इजरायली आक्रमणमा १४ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले आइतबार लेबनानको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहको छवटा स्थानमा आक्रमण गरेको बताएको छ। इजरायलले गत हप्तादेखि आफ्नो आक्रमणलाई तीव्र पारेको छ। यसअघि हिजबुल्लाह नेता हसन नसरल्लाह पनि इजरायली आक्रमणमा मारिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण