अमेरिकाले आगोमा घ्यू थप्दैछ : रुस
सोमबार, ०३ मङ्सिर २०८१, १७ : १२
क्रेमलिन । अमेरिकाले आफूले उपलब्ध गराएको लामो दूरीको क्षेप्यास्त्र रुसी भू–भागमा प्रयोग गर्न युक्रेनलाई अनुमति दिएर आगोमा घ्यू थपिरहेको रुसले भनेको छ । अमेरिकी क्षेप्यास्त्र प्रयोग गरेर युक्रेनले आफूमाथि हमला गरेमा यो हमला युक्रेनले नभएर अमेरिका आफैँले गरेको रूपमा हेरिने पनि मस्कोले भनेको छ ।
रुसले यस विषयमा यस अघि नै आफ्नो धारणा स्पष्ट पारिसकेको थियो । अमेरिकी निर्णयले रुस–युक्रेन युद्धमा अमेरिकाको नयाँ स्तरमा संलग्नतातर्फ सङ्केत गरेको पनि रुसले भनेको छ । बाहिरिँदै गरेको बाइडेन प्रशासनले आगोमा घ्यू थप्न खोजेको र युद्ध थप भड्काउन खोजेको विज्ञप्तिमा भनिएको थियो ।
यस कदमले तनावको नयाँ चक्र सुरु हुने चेतावनी पनि मस्कोले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण