स्पेनलाई ‘अन्तिम’ टुर्नामेन्ट जिताएर यात्राको विट मार्न चाहान्छन् नाडाल
एजेन्सी । सन्यास लिने तयारीमा रहेका टेनिस हस्ती राफेल नाडालले शानदार जितकासाथ खेल यात्राको विट मार्ने योजना बनाएका छन् । नाडालले भावनात्मक वेग समेतबाट प्रभावित नभई खेल जीवन कै अन्तिम टुर्नामेन्टमा स्पेनलाई जिताएर यात्राको विट मार्ने योजना बनाएका हुन् ।
डेभिस कप स्पेनलाई दिलाउन उनले हरसम्भव प्रयास गर्ने बताएका छन् । २२औं पटकका ग्राण्डस्लाम विजेता नाडालले मालागामा जारी पुरुष टिम स्पर्धामा आफ्नो देशको प्रतिनिधित्व गरेसँगै टेनिस खेल यात्राबाट सन्यास लिने बताइएको छ ।
स्पेनले मंगलबार क्वार्टर फाइनलमा नेदरल्याण्डसँग खेल्दै छ । ३८ वर्षीय नाडालले निर्णायक भूमिका निर्वाह गर्लान् ? भन्नेतर्फ सर्वत्र चासो छ । पूर्व विश्व नम्बर एक नाडालले पछिल्ला केही सिजन अनेकन् चोटको सामना गर्नु परेका कारण यो वर्ष केवल सात वटा टुर्नामेन्ट मात्रै खेल्न सके ।
उनले भनेका छन्, ‘म यहाँ, सन्यास लिनका लागि आएको होइन । टिमलाई जित दिलाउन आएको हुँ । यो एक टिम प्रतियोगिता हो । र, जसलाई सफलतापूर्वक गर्नु छ ।’ नाडाले अघिल्लो महिना आफुले खेल जीवनबाट सन्यास लिन लागेको जाहेर गरेका थिए ।
उनले आफ्नो देशका लागि पाँच डेभिस कप जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । र, यो पल्टको टुर्नामेन्ट उनको प्रतिष्ठासँग समेत जोडिएको बताइन्छ । स्पेनले नेदरल्याण्डलाई हराएको खण्डमा शुक्रबार जर्मनी वा क्यानाविरुद्धको सेमिफाइनल पुग्नेछ । निर्णायक तथा अन्तिम खेल (फाइनल) आउँदो आइतबार हुने बताइएको छ ।
स्पेनसँग फ्रेन्च ओपन र विम्बल्डन च्याम्पियन कार्लोस अलकराजको नेतृत्वमा आक्रामक टोली छ । एटीपी एकलतर्फ रोबर्टो बाटिस्टा अगुट र पेड्रो मार्टिनेज सामेल छन् भने युगलतर्फ मार्सेल ग्रेनोलर्सले टोली सम्हालेका छन् । विश्व वरियताको १५४ औं नम्बरमा रहेका नाडाल पछिल्लो तीन दिनदेखि टोलीका अन्य सदस्यहरुसँग लगातार अभ्यासमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण