स्पेनको अपराजित यात्रा कायमै
एजेन्सी । स्पेनले युईएफए नेसन्स लिगमा अपराजित यात्रा जारी राखेको छ । मंगलबार राती भएको खेलमा स्विजरल्याण्डविरुद्ध ३-२ गोलको संघर्षपूर्ण जित निकाल्दै स्पेनले अपराजित यात्रालाई कायमै राखेको हो ।
स्पेनलाई जिताउन ओसासुनाका अग्रपंक्ति (फरवार्ड) का खेलाडी ब्रायन जारागोजाले गरेको पेनाल्टी गोल निर्णायक बन्यो । उनले ९३ औं मिनेटमा पेनाल्टी गोल गरेका हुन् । ३२ औं मिनेटमा पेड्रिले गरेको पेनाल्टी प्रयास खेर जानासाथ भिया रियालका अग्रपंक्तिका खेलाडी येरेमी पिनोले सहज गोल गरेर स्पेनको खाता खोले ।
दोस्रो आधी (हाफ)पछि स्विजरल्याण्डका जोएल मोन्टेइरोले गोल फर्काएर १-१ को बराबरी गरे । ६८औं मिनेटमा ब्रायन गिलले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । ८५औं मिनेटमा एण्डी जेकिरीले गोल गरेर खेल २-२ को बराबरीमा ल्याए । तर, निर्धारित ९० मिनेटपछि जारागोजाले पेनाल्टीमार्फत गोल गरेर स्पेनको अपराजित यात्रा कामय राखे ।
लिग ए ग्रुप ४ अन्तर्गत ६ खेलबाट ५ जित र १ बराबरी गरेको स्पेन १६ अंकसहित शीर्षस्थानमा छ भने ८ अंक बटुलेको डेनमार्क दोस्रो र ६ अंक जोडेको सर्विया तेस्रो स्थानमा छ । अहिलेसम्म एक खेल पनि जित्न नसकेको स्विजरल्याण्ड भने रेलिगेशन क्षेत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण