चितवन राइनोजको जर्सी र मस्कट सार्वजनिक
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिताका नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्लबमध्येको एक चितवन राइनोजले आफ्नो टोलीको जर्सी, मस्कट र एन्थम सार्वजनिक गरेको छ ।
जर्सी, मस्कट र एन्थम सार्वजनिक गर्न आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिशचन्द्र न्यौपाने, चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
चितवन राइनोजको जर्सी हल्का खैरो रंगको रहेको छ । एक सिंगे गैडाको रंगसँग मिलाएर जर्सीको रंग निर्धारण गरिएको क्लबले जनाएको छ । चितवन राइनोजको मस्कटमा भने एक सिंगे गैडा रहेको क्लबले जनाएको छ ।
चितवन राइनोज चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको क्लब हो । चितवन राइनोजलाई चितवन मेडिकल कलेजले एक करोड ७६ लाख एक हजार रुपैयाँमा खरिद गरेको हो । चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन् ।
केही समयअघि काठमाडौँमा सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा चितवन राइनोजले रिजन ढकाल, कमलसिंह ऐरी र शरद भेषावकरलाई १०–१० लाख रुपैयाँमा खरिद गरेको थियो । विपिन रावलका लागि चितवन राइनोजले आठ लाख रुपैयाँ खर्चिएको थियो ।
अक्सनमा चितवन राइनोजले सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौतेला र दीपक बोहरालाई पाँच–पाँच लाख रुपैयाँमा खरिद गरेको थियो । चितवनले रञ्जित कुमारलाई तीन लाख र गौतम केसीलाई दुई लाख रुपैयाँमा खरिद गरेको थियो । अक्सनमा चितवन राइनोजले ६३ लाख रुपैयाँ खर्चिएको थियो ।

चितवन राइनोजले विदेशी खेलाडीका रुपमा भने ल्यूक मार्टिन बेनकेन्स्टाइन, मर्चन्ट डे लङ, हसन इसाखिल, जन निकोल लफ्टी इटन र रवि बोपारालाई भित्राएको छ । उमेश पटवाल चितवन राइनोजका प्रमुख प्रशिक्षक हुन् ।
एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ । एनपीएलमा आठवटा टोलीको सहभागिता रहने छ । प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026