पाकिस्तानमा आतङ्कवादी आक्रमण, १७ जनाको मृत्यु
मङ्गलबार, ०४ मङ्सिर २०८१, १२ : २०
इस्लामवाद । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा सोमबार राति आतङ्कवाद विरोधी कारबाहीका क्रममा भएको गोलीबारीमा कम्तीमा नौ आतङ्ककारी र आठ सुरक्षाकर्मीको मृत्यु भएको छ । स्रोतका अनुसार यो कारबाही खैबर जिल्लाको तिराह मैदान उपत्यकामा लस्कर–ए–इस्लाम आतङ्कवादी सङ्गठनको महत्त्वपूर्ण लक्ष्यलाई लक्षित गरी गरिएको थियो ।
यस कारबाहीमा लस्कर–ए–इस्लामका दुई प्रमुख कमान्डर पनि मारिएका छन् । कारबाहीमा सात सुरक्षाकर्मी र छ आतङ्ककारी घाइते भएका छन् ।
केही घण्टासम्म चलेको कारबाहीका क्रममा जिल्लाका विभिन्न तीन स्थानमा सेना परिचालन गरिएको थियो । स्थानीय श्रोतले भने वरपरका केही मानिसहरू घाइते भएको पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण