जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबिच भेटवार्ता
रियो दि जेनरियो । ब्राजिलको रियो दि जेनरियोमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ ।
वाङ यीलाई भेटेपछि भारतीय विदेशमन्त्री एस. जयशंकरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘दुई जनाबिच भारत–चीन सीमा क्षेत्रमा डिसइंगेजमेन्टसम्बन्धी प्रगतिबारे कुरा भयो । साथै द्विपक्षीय सम्बन्धको आगामी कदमबारे पनि चर्चा भयो । यसबाहेक विश्वव्यापी अवस्थाबारे पनि छलफल भएको छ ।’
वाङ यीले एस जयशंकरसँग दुई देशबिचको सिधा उडान पुनः बहाल गर्ने, भिसा सुविधा र आफ्ना पत्रकारहरूलाई एकअर्काको देशमा काम गर्न दिनेलगायत धेरै विषयमा कुराकानी गरेको चीनको अंग्रेजी भाषाको सरकारी पत्रिका ग्लोबल टाइम्सले बताएको थियो ।
भारतीय विदेश मन्त्रालयले पनि भारत र चीनले वास्तविक नियन्त्रण रेखा अर्थात एलएसीमा सेनाको गस्ती गर्ने सम्बन्धमा सम्झौता गरेका छन् । यसलाई चिनियाँ विदेश मन्त्रालयले पनि पुष्टि गरेको छ ।
ब्रिक्स शिखर सम्मेलनको छेको पारेर रुसको काजानमा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच द्विपक्षीय भेटवार्ता भएको थियो । यसपछि भारतीय विदेश मन्त्रालयले एलएसीबाट सेना फिर्ता गर्ने र २०२० मा सुरु भएको विवाद समाधान गर्न प्रधानमन्त्री मोदी र सी जिनपिङबीच भएको सहमतिलाई स्वागत गरेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण