सवा २२ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, एकै महिना ८० अर्ब बढ्यो
काठमाडौँ । देशमा भएको विदेशी विनिमय सञ्चिति सवा २२ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार असोज मसान्तसम्म यस्तो सञ्चिति २२ खर्ब ३२ अर्ब पुगेको हो । भदौ मसान्तसम्म यस्तो सञ्चिति २१ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो । यस अनुसार एक महिनामा मात्रै यस्तो सञ्चिति ८० अर्ब रुपैयाँले बढेको छ ।
यसमध्ये राष्ट्र बैंकसँगको सञ्चिति १९ खर्ब ८८ अर्ब रहेको छ भने बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ४४ बराबरको सञ्चिति कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो सञ्चितिले १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो महिनासम्म १६.८ महिनाको वस्तु र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको थियो ।
यो अवधिमा चालु खाता १ खर्ब ११ अर्ब र शोधनान्तर स्थिति १ खर्ब ८५ अर्बले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो महिनासम्म चालु खाता ४९ अर्ब ६९ र शोधनान्तर अवस्था १ खर्ब १ अर्ब ७७ करोड रुपैयाँले बचतमा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण