राष्ट्र बैंकको रिपोर्ट
तीन महिनाको तथ्यांकको आधारमा यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति
मङ्गलबार, ०४ मङ्सिर २०८१, १४ : ३१
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन महिनाको तथ्यांकको आधारमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
मंगलबार बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । यस्तै आयात ४.२ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले घटेको छ ।
यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११.५ प्रतिशतले बढ्दा शोधनान्तर स्थिति रु.१८४ अर्ब ९९ करोडले बचतमा रहेको बैंकले जनाएको छ ।
यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.२२३२ अर्ब २८ करोड र अमेरिकी डलरमा १६ अर्ब ६० करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.३२९ अर्ब २० करोड र राजस्व परिचालन रु.२४८ अर्ब २६ करोड रहेको छ ।
यस्तै विस्तृत मुद्राप्रदाय ३.४ प्रतिशतले बढेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण