सङ्घीयता कार्यान्वयन गर्न दलहरू उदासीन भए : जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधान र सङ्घीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा राजनीतिक दलहरू उदासीन भएको आरोप लगाएका छन् ।
त्रिभुवन विश्वविद्यालय द्वन्द्व र विकास विभागले मंगलबार कमलादीमा आयोजना गरेको शान्ति प्रक्रिया: विगत र वर्तमानसम्बन्धी अन्तर्क्रियामा शर्माले उक्त आरोप लगाएका हुन् ।
‘संविधान र सङ्घीयता कार्यान्वयनका लागि राजनीतिक दलहरू नै उदासीन देखिएका छन् । आवश्यक कानुन बनिराखेको छैनन् । बनेका कानुन पनि कार्यान्वयन हुन सकेको छैन । जो प्रधानमन्त्री भए पनि सङ्घीय प्रहरी कानुन लागु भएको छैन । शिक्षा ऐन, सङ्घीय निजामती ऐन बन्न सकेको छैन’, उनले भने ।
यस्तै तत्कालीन कांग्रेस सरकारको पालामा रुकुम र रोल्पामा ठुलो दमन भएकोले आफू जनयुद्धमा सहभागी भएको शर्माले बताए ।
त्यतिबेला रुकुम र रोल्पामा कांग्रेस नेतृत्वको सरकारले ठुलो दमन गर्यो । अहिले कसैमाथि मैले आरोप लगाउन खोजेको होइन । हामीले हजारौँ मुद्दा खेप्नुपर्यो’, उनले भने, ‘त्यसको प्रतिरोध गर्नुको विकल्प रहेन । राजतन्त्रको विरुद्ध हाम्रो लडाइँ मुख्य थियो । जनयुद्धको तथ्य लेखिएकै छैन । बाहिरबाट अनुमानको भरमा आफ्नै हिसाबले लेखिएका छन् । जनयुद्धका तथ्य बाहिर ल्याउन विभागले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ वर्षमा ९ पटक फेरिए मुख्यमन्त्री, १०औँको तयारी
-
सरकारलाई सोनम वाङचुकको पत्र : आश्वासन पाए अनशन तोड्ने, नभए अनिश्चितकालीन आन्दोलन
-
निर्माणाधीन जलविद्युत् आयोजनाको आरसीओडी थप्ने प्रक्रिया अघि बढ्यो
-
स्वास्थ्यसम्बन्धी तीन वटा ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन आग्रह
-
संस्कृत विश्वविद्यालयका नवनियुक्त उपकुलपति खतिवडाले लिए शपथ
-
'बीपीले राष्ट्रपति बन्न अस्वीकार गरेका थिए'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण