निर्वाचन सुनिश्चित गर्न माग गर्दै क्रान्तिकारीका तीन नेता आमरण अनसनमा
काठमाडौँ । स्थगित बन्दसत्र निर्धारित समयमै सुरु र नेतृत्व चयनका लागि निर्वाचन सुनिश्चित गर्न माग गर्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका नेताहरूले आजदेखि आमरण अनसन बसेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहान ११ बजेदेखि अनसनमा बसेको निवर्तमान उपाध्यक्ष एवं केन्द्रीय कार्यालय प्रमुख केशव रावलले जानकारी दिए । आफ्नो माग पुरा नभएसम्म अनसन जारी रहने रावलले बताए ।
स्थगित सम्मेलन सुचारु गर्न नेतृत्व तहमै अलमल देखिएपछि आमरण अनसन बसेको उनले बताए । अनसनमा रावलसहित निवर्तमान केन्द्रीय सदस्यहरू खकेन्द्र रावल र जनक ढुंगाना बसेका छन् ।
यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको २३ औँ राष्ट्रिय सम्मेलन उमेरहद लगाउने कि नलगाउने विवादका कारण बन्दसत्र स्थगित भएको थियो । पार्टी नेतृत्वसँगको छलफलपछि मङ्सिर २३ र २४ गते सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण