राजनीति
मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस–एमालेका शीर्ष नेता छलफलमा
मङ्गलबार, ०४ मङ्सिर २०८१, १७ : २३

काठमाडौँ । मंगलबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बैठक किन स्थगित भयो भन्ने खुलाइएको छैन ।
यद्यपि मन्त्रिपरिषद् बैठक स्थगित गरेर अहिले बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
कांग्रेस–एमालेका शीर्ष नेताहरूबिच उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण लगायत विषयमा छलफल भएको हुनसक्ने बुझिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकारलगायत सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकल पौडेललाई साढे २ वर्ष कैद, १३ करोड ५८ लाख रुपैयाँ जरिवाना
-
‘गर या मर’ को स्थितिमा रहेका पञ्जाब र लखनउ आपसमा भिड्दै
-
सिमसाराका तीन पात्र
-
सुर्खेतको भेरीगंगामा एक महिलाको शव फेला
-
‘ड्रेस टु इम्प्रेस’ मा ४ डिजाइनर उत्कृष्ट
-
आठौँ राष्ट्रिय समावेशी म्युजिक अवार्डमा मिलन र मिस पवी उत्कृष्ट, अन्य कसले पाए अवार्ड ?