राजनीति
मन्त्रिपरिषद् बैठक स्थगित, कांग्रेस–एमालेका शीर्ष नेता छलफलमा
मङ्गलबार, ०४ मङ्सिर २०८१, १७ : २३
काठमाडौँ । मंगलबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बैठक किन स्थगित भयो भन्ने खुलाइएको छैन ।
यद्यपि मन्त्रिपरिषद् बैठक स्थगित गरेर अहिले बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
कांग्रेस–एमालेका शीर्ष नेताहरूबिच उपनिर्वाचन, प्रधानमन्त्रीको चीन भ्रमण लगायत विषयमा छलफल भएको हुनसक्ने बुझिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकारलगायत सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइमा भ्रष्टाचारको आशंका : फाइल मगाएर छानबिन गर्न सांसदहरूको माग
-
त्रिविका आंगिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
-
बरु ढुङ्गो बोल्ला प्रधानमन्त्री बोलेनन् : आरेन राई
-
बैंककको बारमा आगलागी, मृत्यु हुनेको संख्या ३० पुग्यो
-
मल्लको अभिव्यक्तिप्रति ज्वाला संग्रौलाको नियमापत्ति
-
सर्वोच्चको आदेश अवज्ञा गरेको भन्दै सम्पत्ति छानबिन आयोगका अध्यक्ष र सदस्यविरुद्ध अवहेलना मुद्दा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण