राष्ट्रपतिको स्वागतमा झकिझकाउ संघीय संसद्, १६ तस्बिरमा हेर्नुहोस्
काठमाडौँ –राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपरान्ह आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गर्दैछिन् । नयाँ संविधान कार्यान्वयनमा आएसँगै राष्ट्रपति भण्डारीले संघीय संसद्को संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) मा पहिलो पटक सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् ।
एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ ।
राष्ट्रपति संघीय संसदलाई सम्बोधन गर्न आउने भएपछि उनको स्वागतका लागि संघीय संसद परिसर सिंगारिएर झकिझकाउ पारिएको छ । राष्ट्रपति संघीय संसदमा अपरान्ह चार बजे पुग्ने कार्यक्रम छ । उनको स्वागतका लागि कुनै कमजोरी नदेखाउन संसद सचिवालयका कर्मचारी खटिएका छन् ।
राष्ट्रपतिबाट प्रस्तुत हुने नीति तथा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।
उनका अनुसार तयारी गर्ने क्रममा संसद् भवनलाई सजाउनेदेखि लिएर सुरक्षा व्यवस्थालाई चुस्त बनाउने काम भएको छ । राष्ट्रपतिको स्वागत र सवारीलाई व्यवस्थित तुल्याउन सचिवालयले पूर्व अभ्याससमेत गरेको छ ।
राष्ट्रपतिबाट हुने संघीय संसद्को सम्बोधन कार्यक्रममा सहभागी हुन आउने व्यक्तिको स्वागत तथा व्यवस्थापनका लागि कार्य विभाजन गरी कर्मचारी खटाइएको छ ।
उक्त विशेष कार्यक्रममा सहभागिताका लागि उपराष्ट्रपति, राजनीतिक दलका शीर्ष नेता, उच्च सरकारी अधिकारी, संवैधानिक आयोगका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं कूटनीतिक नियोगका प्रमुखलाई निम्त्याइएको छ ।
मन्त्रिपरिषदको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो ४ः०० बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाको खेल खेलाउने रेफ्री टर्पिन, जसलाई टुकलले दिएका थिए ‘ग्रेड ई’ को दर्जा
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण