जर्मनीलाई रोकेर हंगेरीले अंक खोस्यो, रेलिगेशन प्लेअफमा राहत
एजेन्सी । युईएफए नेसन्स लिगमा च्याम्पियनसिप प्लेअफ सुरक्षित गरेको जर्मनी अंक बाँड्नु परेको छ । मंगलबार राती भएको आफ्नो छैठौं खेलमा जर्मनीलाई हंगेरीले १-१ को बराबरीमा रोकेर अंक खोसेको हो ।
यो बराबरीले हंगेरीलाई केही राहत मिलेको छ । उसले रेलिगेशन प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ । दोस्रो आधी (हाफ)पछि मध्यपंक्तिका फेलिक्स नमेचाले जर्मनीका लागि गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट सकिएर थपिएको ५ मिनेटसम्म पनि हंगेरीले गोल फर्काउन नसकेपछि समय थप भएको थियो । अतिरिक्त समयको ९ औं मिनेटमा हंगेरीकातर्फबाट पनि मध्यपंक्तिका डोमिनिक स्जोबोस्ज्लाईले गोल फर्काएपछि खेल १-१ को बराबरीमा टुंगिएको हो ।
हालसम्म अपराजित जर्मनी १४ अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्स ९ अंकका साथ दोस्रो स्थानमा छ । नेदरल्याण्डसले समेत च्याम्पियनसिप प्लेअफ सुरक्षित गरेको छ । ६ अंक रहेको हंगेरीलाई यो बराबरीले रेलिगेशन प्लेअफलाई राहत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण