युक्रेन आक्रामक, बढुवा प्लेअफ सुरक्षित
बुधबार, ०५ मङ्सिर २०८१, ०४ : ०६
एजेन्सी । अल्वानियालाई हराएसँगै युक्रेनले बढुवाको प्लेअफ सुरक्षित गरेको छ । युईएफए नेसन्स लिग बी ग्रुप १ अन्तर्गत मंगलबार राती भएको खेलमा युक्रेनले अल्वानियालाई २–१ गोल अन्तरले हरायो ।
युक्रेनले पहिलो आधी (हाफ)अघि गरेका दुई गोल जितका लागि पर्याप्त बने । युक्रेनलाई जिताउन खेलको ५ औं मिनेटमा अलेक्जेन्डर जिनचेको र १० औं मिनेटमा येरेमचुकले गोल गरेका थिए ।
अल्वानियाले भने ७५ औं मिनेटमा १ गोल फर्कायो । उसका लागि नेदिम बजरमीले पेनाल्टी गोल गरे । जितपछि ८ अंक बटुलेको युक्रेनले प्रमोसन प्लेअफ सुरक्षित गरेको छ भने हारेको अल्वानिया रेलिगेशन जोनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण