रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
बुधबार, ०५ मङ्सिर २०८१, ०८ : १६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । पार्टीको दोस्रो चरणको कार्यक्रम तय गर्ने विषयमा मंगलबार खास निष्कर्षमा पुग्न नसकेपछि आज पुन: बैठक बस्न लागेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
पार्टीको आन्तरिक संवाद र एकतालाई थप मजबुत बनाइराख्न समेत बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झा बताउँछन् । “सङ्कटको समयमा संवादहीनताले पनि थप सङ्कट निम्ताउन सक्छ । त्यसैले विशेषतः यसबेला भेटघाट बढाउनका लागि बैठक बोलाएका हौँ”, कार्यवाहक प्रवक्ता झाले भने ।
आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण