एक महिनामा बढे ३ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता
बुधबार, ०५ मङ्सिर २०८१, १६ : ०२
काठमाडौँ । एक महिनामा करिब ३ लाख मोबाइल बैंकिङका प्रयोगकर्ता बढेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असोजसम्म मोबाइल बैंकिङका प्रयोगकर्ताको संख्या २ करोड ५५ लाख २४ हजार १८९ पुगेको छ ।
भदौ महिनासम्म यो संख्या २ करोड ५२ लाख ७ हजार १२२ थियो । यही अवधिमा इन्टरनेट बैंकिङका प्रयोगकर्ता भने ३९ हजारले बढेका छन् । गएको भदौसम्म इन्टरनेट बैंकिङका प्रयोगकर्ता १९ लाख ८६ हजार ८१७ थिए ।
असोजमा त्यो संख्या २० लाख २६ हजार ५२४ पुगेको छ । त्यसैगरी असोजसम्म डेबिट कार्ड बोक्नेको संख्या १ करोड ३१ लाख ६१ हजार ४५९ छ । क्रेडिड कार्डका प्रयोगकर्ताको संख्या भने २ लाख ९६ हजार ८६४ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण