कीर्तिपुरको नगरप्रमुखमा २० जना भिड्ने पक्का (नामावलीसहित)
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका प्रमुखमा २० जना भिड्ने भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय कीर्तिपुर नगरपालिकाले सार्वजनिक गरेको अन्तिम नामावली सूची अनुसार नगरपालिका प्रमुखमा २० जना उम्मेदवार भिड्ने भएका हुन् । मंसिर २ गते भएको मनोनयन दर्ताको क्रममा २० जनाले उम्मेदवारी दर्ता गरेका थिए । तीमध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० को मध्यरातमा निधन भएपश्चात् त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो । नेपाली कांग्रेसबाट निर्वाचित भएका नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए ।
२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा नकर्मीले ९०४३ मत ल्याउँदै चुनाव जितेका थिए । उक्त निर्वाचनमा ५५०७ मतसहित नेकपा एमाले उम्मेदवार केश रत्न बज्राचार्य दोस्रो र ४०९० मतसहित नेकपा (माओवादी केन्द्र) उम्मेदवार शिव शरण महर्जन तेस्रो स्थानमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण