पोखराका बसमा जीपीएस जडान गरिने
पोखरा । पोखराका विभिन्न रुटहरुमा चल्ने गाडीहरूमा जीपीएस जडान गरिने भएको छ । हरित यातायात प्रणाली विकास परियोजनाको पाइलोटिङ स्वरूप पहिलो चरणमा पोखराको लामाचौरदेखि छोरेपाटन रुटमा प्रविधि जडान गर्न लागिएको हो । यो रुटका ६ ठाउँमा प्रविधिसहितको बसस्टप निर्माण गरिने छ भने ४२ वटा बसहरूमा जिपिएस ट्रयाकिङ प्रविधि जडान गरिने छ ।
हरित यातायात प्रणालीका लागि आवश्यक सामाग्रीहरू डिसेम्बर २० भित्र काठमाडौँ आइपुग्ने र त्यसलाई पोखरा ल्याएर जडान गरिने महानगरले जनाएको छ । तोकिएका बस स्टपहरुमा इन्टरनेट र बिजुली बत्तीको व्यवस्थापन महानगरपालिका आफैले गर्नेछ । पहिलो चरणमा १८ करोड बराबरको सामाग्रीहरू कोरियाले उपलब्ध गराउने छ ।
यसको पाइलोटिङसँगै आगामी दुई वर्षभित्र महानगर भित्रको सम्पूर्ण सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाइने मेयर धनराज आचार्यले जानकारी दिए । परियोजना अन्तर्गत पोखराका ८४ वटा बस रुटका १ हजार २८६ ठाउँमा बस स्टप निर्माण गरिनेछ । यस्तै, ३ ठाउँमा बस टर्मिनल निर्माण हुने आचार्यले सुनाए ।
यो प्रणाली विकास गरेसँगै पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । ‘यात्रुले लामो समय बस कुर्नुपर्दैन । चालकहरूले पनि जथाभाबी यात्रु चढाउन र ओराल्न पाउँदैनन्,’ उनले भने, ‘यसले पोखरामा समावेशी, दिगो र लचिलो यातायात प्रणालीको विकासमा टेवा पुग्छ ।’
परियोजनामा कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को. लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गर्नेछन् । यसकै सन्दर्भमा कोरियाको तर्फबाट तारकम को.लिमिटेडका बिजनेस विभागका निर्देशक कि होन किमले मेयर आचार्यसँग बुधबार छलफल गरेका छन् । उनले एक महिनाभित्र सबै सामग्री नेपाल आइपुग्ने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण