योगदानमा आधारित बीमा प्रणाली विकास गर्नुको विकल्प छैन : मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित बीमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताएका छन् । बुधबार भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष मुनिका क्यान्सर बिरामीलाई निःशुल्क उपचार सेवाको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री पौडेलले नागरिकको सहभागिता हुनेगरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने स्थिति बनाउनुपर्ने बताए । उनले स्वास्थ्य मन्त्रालयले मात्रै लागू गरेर बीमा प्रणालीको विकास नहुने भन्दै निजी क्षेत्र र अन्य सम्बन्धित निकायहरूले पनि सहयोग गर्नुपर्ने बताए । उनले नेपालमा संगठित क्षेत्रमा, सरकारी क्षेत्रमा काम गर्नेहरूले तलबबाट दुई प्रतिशत बीमा बोर्डमा दिए बीमा कार्यान्वयनमा सहज हुने उल्लेख गरे ।
आजदेखि भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, बिपी कोइराला क्यान्सर अस्पताल, चितवन, कान्ति बाल अस्पताल, महाराजगञ्ज गरी तीन वटा अस्पतालहरूमा १४ वर्ष मुनिका क्यान्सरको समस्या भएका बालबालिकाहरूको निःशुल्क उपचार हुने पनि मन्त्री पौडेलले जानकारी दिए । उनले माघ २२ गते क्यान्सर निरोधक दिवसको दिन नेपालका १६ लाख किशोरीहरूलाई एचपिभी भ्याक्सिन दिने कार्यक्रम तय गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण