पुटिनको धम्कीपछि पनि युक्रेनले रुसमाथि हान्यो क्रुज मिसाइल
किभ । युक्रेनले रुसको भित्री क्षेत्रमा बेलायतले दिएको लामो दूरीको क्रुज मिसाइल स्टर्म स्याडो प्रयोग गरेको भन्दै समाचार आएका छन् । अमेरिकाले दिएको क्षेप्यास्त्र युक्रेनले रुसी क्षेत्रमा प्रयोग गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रुद्ध बनेका छन् ।
यही समयमा युक्रेनले बेलायती मिसाइल प्रयोग गरेको खबर आएको हो । उनीहरूले दिएको लामो दूरीको मिसाइल युक्रेनले आफ्नो भूभागमा गरेमा यसलाई दाता देशले गरेको आक्रमणको रूपमा हेर्ने र यसको जवाफ आफूले दिने भन्दै पुटिनले यस अघि नै पटक–पटक पश्चिमी देशहरूलाई चेतावनी दिइसकेका छन् ।
रुसको भित्री क्षेत्रमा भेटियो मिसाइलको भग्नावशेष
रुसले युक्रेन युद्धको मोर्चामा उत्तर कोरियाली सेना तैनाथ गरेको खबर सञ्चार माध्यममा छापिएपछि बेलायतले युक्रेनले लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिएको थियो । युक्रेनको उत्तरमा रहेको रुसको कुस्र्क क्षेत्रमा स्टर्म स्याडो मिसाइलको भग्नावशेष भेटिएको समाचारमा जनाइएको छ । यिस्क र दक्षिणी क्रास्नोडार क्षेत्रको बन्दरगाहमा दुईवटा स्टर्म स्याडो मिसाइलहरूलाई इन्टरसेप्ट गरिएको थियो ।
अमेरिकाले युक्रेनलाई दियो रुसविरुद्ध लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति
भर्खरै अमेरिकाले युक्रेनलाई आफूले दिएको लामो दूरीको एटीएसीएमएस मिसाइल प्रयोग गर्न अनुमति दिएको थियो । अमेरिकाको यो स्वीकृतिपछि युक्रेनी सेना रुसको भित्री क्षेत्र र सैन्य प्रतिष्ठानलाई निशाना बनाउन सक्षम भएको छ र यसले रुस–युक्रेन युद्धको सम्पूर्ण परिदृश्य बदल्न सक्ने विश्लेषण आइरहेका छन् ।
अहिलेसम्म रुससँगको युद्धमा युक्रेन कमजोर देखिएको थियो । अमेरिकको पछिल्लो स्वीकृतिले युक्रेनको हात माथि पर्न सक्छ । ठूलो मात्रामा आक्रमण भए त्यसको गम्भीर परिणाम हुने पुटिनले चेतावनीमा भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण