काठमाडौँमा छविलाल जोशीको बयान सुरु
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीको काठमाडौँमा बयान सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा जोशीको बयान सुरु भएको हो ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नताबारे अनुसन्धानका लागि उनको बयान सुरु भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ । पोखरा रहेका उनलाई स्वर्ण लक्ष्मीको अनुसन्धानका लागि मंगलबार काठमाडौँ ल्याइएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएका जोशीको बयान सकिएपछि पोखरा फर्काइने छ । जोशी सूर्यदर्शन सहकारीको रकम घोटालामा संलग्न आरोपमा पक्राउ परेका थिए ।
पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक समेत हुन् । उनीविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा पूर्वगृहमन्त्री रवि लामिछाने र छविसहित २१ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सोहीअनुसार उनलाई काठमाडौँ झिकाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण