मिथानोल विषाक्तताका कारण लाओसमा चौथो पर्यटकको मृत्यु
लाओस । लाओसमा एक जना अष्ट्रेलियाली किशोरको मृत्यु भएको छ । सामूहिक विषाक्तताका घटनामा लाओसमा मर्ने १९ वर्षिय बायन्का जोन्स चौथो पर्यटक थिइन् ।
जोन्सको साथी भने अस्पतालमा अक्सिजनको सपोर्टमा रहेको बताइएको छ । केही घण्टा अघि अमेरिकाको विदेश मन्त्रालयले पर्यटकीय सहर भाङ्ग भेइङ्गमा अमेरिकी पुरुषको मृत्यु भएको सञ्चार माध्यमहरूलाई बताएको थियो ।
यसअघि गएको हप्ता १९ र २० वर्षका डेनिश महिलाको पनि लाओसमा मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका थिए । गोपनीयता भन्दै उनीहरूले यसबारे थप जानकारी भने दिन मानेनन् । मृत्युको यस घटनामाथि प्रहरीले छानबिन गरिरहेको छ । समाचार र अनलाइनमा आफूले देखेको भन्दै चलेको अफवाहका अनुसार चाहिँ उनीहरूले मिथानोल मिसिएको पेय पदार्थ खाएको हुन सक्ने देखिएको छ । भाङ्ग भेइङ्गम मध्य लाओसमा नदी किनरामा रहेको एउटा सानो सहरी इलाका हो ।
बिहीबार न्यूजिल्यान्डको विदेश मन्त्रालयले पनि स्थानीय सञ्चार माध्यमहरूलाई मिथानोल विषाक्तताका कारण आफ्ना एक नागरिक बिरामी परेको बताएको थियो । बिरामीको अवस्था स्थिर रहेको र अरु कति जना यस्ता बिरामी छन् भन्ने स्पष्ट हुन सकेको छैन । जोन्सको मृत्युको पुष्टि विदेश मामिला मन्त्रालयले गरेको अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण