कन्ट्री रेटिङमा नेपालले पायो ‘बीबी माइनस’

काठमाडौँ । पहिलोपटक गरिएको कन्ट्री रेटिङमा नेपालले डबल बी अर्थात् बीबी माइनस प्राप्त गरेको छ ।
अमेरिकी रेटिङ कम्पनी फिच रेटिङ्सले गरेको रेटिङमा नेपालले डबल बी माइनस पाएको हो । यो रेटिङलाई सरकारी अधिकारीहरूले अपेक्षा गरेभन्दा राम्रो मानेका छन् । अर्थ मन्त्रालय स्रोतले भनेको छ, ‘लगानीको वातावरणका हिसाबले ऐतिहासिक नभए पनि यसलाई हाम्रो आन्तरिक अवस्थासँग तुलना गर्दा असाध्यै राम्रो हो । यो भारतपछि दक्षिण एसियाको सबैभन्दा राम्रो रेटिङ हो ।’
फिचले गरेको रेटिङमा भारतको बीबीबी माइनस, बंगलादेशको बी प्लस, श्रीलंका र पाकिस्तानको सीसीसी प्लस छ । त्यस्तै थाइल्यान्डको बीबीबी प्लस, साउथ अफ्रिका बीबी माइनस र मंगोलियाको बी प्लस छ ।
कन्ट्री रेटिङले त्यो मुलुकको आर्थिक तथा लगानीको वातावरणको अवस्था झल्काउँछ । रेटिङ हेरेर विदेशी लगानीकर्ताहरुले उक्त मुलुकमा लगानी गर्नु कति सुरक्षित छ भनेर निर्णय लिन्छन् । अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र (बोन्ड) जारी गरी ऋण उठाउनका लागि पनि मुलुकलाई क्रेडिट रेटिङ अनिवार्य चाहिन्छ ।
रेटिङ कम्पनीहरूले मुलुकको वातावरण हेरेर ट्रिपल एदेखि सी ग्रेडसम्म दिने गर्छन् ।
यसको विस्तृत विवरण अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन
-
छ महिनापछि घर फर्किए टिंकरवासी
-
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना
-
कश्मीर : भारत–पाकिस्तानबिच आजसम्मका तनाव शृङ्खला