कन्ट्री रेटिङमा नेपालले पायो ‘बीबी माइनस’
काठमाडौँ । पहिलोपटक गरिएको कन्ट्री रेटिङमा नेपालले डबल बी अर्थात् बीबी माइनस प्राप्त गरेको छ ।
अमेरिकी रेटिङ कम्पनी फिच रेटिङ्सले गरेको रेटिङमा नेपालले डबल बी माइनस पाएको हो । यो रेटिङलाई सरकारी अधिकारीहरूले अपेक्षा गरेभन्दा राम्रो मानेका छन् । अर्थ मन्त्रालय स्रोतले भनेको छ, ‘लगानीको वातावरणका हिसाबले ऐतिहासिक नभए पनि यसलाई हाम्रो आन्तरिक अवस्थासँग तुलना गर्दा असाध्यै राम्रो हो । यो भारतपछि दक्षिण एसियाको सबैभन्दा राम्रो रेटिङ हो ।’
फिचले गरेको रेटिङमा भारतको बीबीबी माइनस, बंगलादेशको बी प्लस, श्रीलंका र पाकिस्तानको सीसीसी प्लस छ । त्यस्तै थाइल्यान्डको बीबीबी प्लस, साउथ अफ्रिका बीबी माइनस र मंगोलियाको बी प्लस छ ।
कन्ट्री रेटिङले त्यो मुलुकको आर्थिक तथा लगानीको वातावरणको अवस्था झल्काउँछ । रेटिङ हेरेर विदेशी लगानीकर्ताहरुले उक्त मुलुकमा लगानी गर्नु कति सुरक्षित छ भनेर निर्णय लिन्छन् । अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र (बोन्ड) जारी गरी ऋण उठाउनका लागि पनि मुलुकलाई क्रेडिट रेटिङ अनिवार्य चाहिन्छ ।
रेटिङ कम्पनीहरूले मुलुकको वातावरण हेरेर ट्रिपल एदेखि सी ग्रेडसम्म दिने गर्छन् ।
यसको विस्तृत विवरण अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण