आगामी सिजनको आईपीएल मार्च १४ मा सुरु हुने
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी मार्चमा सुरु हुने भएको छ । आगामी सिजनको आईपीएलका लागि मेगा अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) को तयारी अन्तिम चरणमा रहँदा प्रतियोगिताको मिति पनि बाहिरिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार, आगामी सिजनको आईपीएल सन् २०२५ को मार्च १४ देखि मे २५ तारिखसम्म चल्नेछ । आगामी सिजनको मात्र नभई, आईपीएलको तीन सिजनको मिति सार्वजनिक गर्ने तयारी भइरहेको दाबी समाचारमा गरिएको छ ।
सन् २०२६ को आईपीएल मार्च १५ तारिखमा सुरु हुने दाबी समाचारमा गरिएको छ । सन् २०२६ को आईपीएलको फाइनल खेल भने मे ३१ तारिखमा खेलिने छ । यसका अतिरिक्त सन् २०२७ को आईपीएल मार्च १४ तारिखमा सुरु हुनेछ भने मे ३० तारिखमा समाप्त हुनेछ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आधिकारीक रुपमा भने प्रतियोगिताको मिति सार्वजनिक गरिसकेको छैन । तर, बीसीसीआईले आगामी तीन सिजनको आईपीएलको मितिको बारेमा सहभागी सबै क्लबलाई जानकारी गराइसकेको छ ।
समाचारमा जनाइए अनुसार, बीसीसीआईले छिट्टै नै आधिकारीक रुपमा मिति सार्वजनिक गर्नेछ । सन् २०२५ को सिजनमा पनि आईपीएलमा कुल ७४ खेल खेलाइने छ । तर, सन् २०२६ मा भने खेलको सङ्ख्या बढाइने सम्भावना रहेको छ ।
सन् २०२६ को आईपीएलमा खेलको सङ्ख्या बढाएर ८४ पुर्याउने तयारी भइरहेको दाबी पनि समाचारमा गरिएको छ । यसका अतिरिक्त सन् २०२७ को सिजनमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने तयारी भइरहेको बताइएको छ ।
खेल सङ्ख्या बढाइनुको पछाडि प्रसारण अधिकार प्रमुख कारण रहेको बताइएको छ । अघिल्लो सिजनको आईपीएल मार्च २२ मा सुरु भएर मे २६ तारिखमा समाप्त भएको थियो । अघिल्लो सिजनको उपाधि कोलकाता नाइट राइडर्सले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण