‘मृत’ भन्दै चिकित्सकले ‘पोस्टमार्टम’समेत गरिसकेका थिए, घाटमा पुग्दा जीवित
राजस्थान । भारतको राजस्थानमा एउटा अनौठो घटना भएको छ । मृत भनेर चिकित्सकले शव परीक्षण (पोस्टमार्टम)समेत गरिसकेका व्यक्ति जीवित पाइएको छ ।
यो घटना राजस्थानको झुंझुनु भन्ने स्थानमा भएको हो । रोहिताश नाम परेका एक दिव्याङ्ग तथा मानसिक रोगी एउटा आश्रय केन्द्रमा रहँदै आएका थिए । बिहीबार बिहान उनी बेहोस भएपछि अस्पताल लगिएको थियो ।
‘बीडीके’ नाम गरेको सरकारी अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषितमात्र गरेनन्, पोस्टमार्टम समेत गरे ।
उनको शव केहीघण्टा अस्पतालकै शवगृहमा समेत राखिएको थियो । आवश्यक प्रक्रिया पूरा गरी अस्पतालले शव हस्तान्तरण गरेको थियो ।
दाहसंस्कारमा घाटमा लगिसकेको अवस्थामा त्यहाँ भेला भएका व्यक्तिले मृत भनिएका रोहिताशले सास फेरेको देखे । लगत्तै उनलाई अस्पतालमा ल्याएर आईसीयूमा राखेर उपचार गरिएको छ ।
घटनाबारे जानकारी पाए लगत्तै प्रहरीले यसबारे अनुसन्धान थालेको छ । यस क्रममा रोहिताशलाई मृत घोषणा गर्ने तथा पोस्टमार्टम गर्ने लगायत तीन चिकित्सकलाई निलम्बन गरिएको छ । घटनाबारे थप अनुसन्धान तथा कारबाही प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण