पाकिस्तान : यात्रुवाहक सवारी साधनमा बन्दुकधारीको आक्रमण, ४० भन्दा धेरैको मृत्यु
शुक्रबार, ०७ मङ्सिर २०८१, ११ : ४०
इस्लामवाद । पाकिस्तानको दुर्गम क्षेत्रमा २०० जना यात्री चढेको सवारी साधनहरूमाथि अज्ञात बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । यस घटनामा कयौँ महिला र बालबालिकाको पनि मृत्यु भएको छ ।
पाकिस्तानको कुर्राम जिल्ला भएर जाँदै गर्दा ती सवारी साधनमाथि जथाभाबी गोली चलाइएको थियो । यो क्षेत्र अफगानी सीमा नजिक पर्छ । बन्दुकधारीले सुरुमा ती सवारी साधनलाई इस्कोर्ट गरिरहेका प्रहरीमाथि गोली चलाएका थिए ।
सो क्षेत्रमा साम्प्रदायिक हिंसा चर्किएपछि यस वर्ष दर्जनौँ मानिसको मृत्यु भइसकेको छ । यस्तो प्रहरीले उक्त क्षेत्र भएर जाने सवारी साधनलाई सुरक्षा दिँदै आएका थिए ।
बिहीबारको आक्रमणमा ४१ जनाको मृत्यु भएको र अरू १६ जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ । मृतकको सङ्ख्या थप बढ्न सक्ने आशङ्का गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण