जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई
काठमाडौँ । जापानका विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पस, जापानी भाषा विभाग प्रमुख कामिमुरा योशिहारुलाई प्रदान गरिएको छ । नेपालका लागि जापानी राजदूत किकुता युताकाले आज आफ्नो निवासमा आयोजित एक समारोहमा विभागीय प्रमुख कामिमुरालाई उक्त प्रंशसापत्र प्रदान गरेका हुन् ।
विदेशमन्त्रीको प्रशंसापत्र अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा समूहलाई जापानसँगको मैत्रीपूर्ण सम्बन्ध प्रवर्द्धनमा योगदानको कदर स्वरुप प्रदान गरिन्छ । प्रशंसापत्रले प्राप्तकर्ताहरूको गतिविधिबारे जापानी जनतामा बुझाई र समर्थन बढाउन पनि योगदान पुग्ने दूतावासले जनाएको छ ।
विभाग प्रमुख कामिमुरालाई जापानी भाषा, संस्कृति, जापान र नेपालबीचको आपसी समझदारी तथा मैत्रीपूर्ण सम्बन्धको प्रवर्द्धनमा उनको महत्त्वपूर्ण योगदानको कदर गर्दै गत अगष्ट ८ मा यो प्रशंसापत्र प्रदान गर्ने घोषणा गरिएको थियो । उनी काठमाडौँमा रहेको जापानी सहायक विद्यालयको व्यवस्थापन समितिको सदस्यको रूपमा पनि कार्यरत रहेका छन् । जसले नेपालमा रहेका जापानी बालबालिकाका लागि शैक्षिक वातावरण सुधार गर्न योगदान पुर्याएको छ ।
विभाग प्रमुखको रूपमा कामिमुराले सन् २००४ देखि आधारभूतदेखि उच्च तहसम्मका विद्यार्थीहरूलाई जापानी भाषा पढाउँदै आएका छन् । उनले क्याम्पसमा जापानी संस्कृति, इतिहास र साहित्यमा पनि अध्यापन गरेका छन् ।
त्यस अवसरमा राजदूत किकुताले जापान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्धको प्रमाणका रूपमा कामिमुरालाई विदेशमन्त्रीको प्रशंसापत्र प्राप्त भएकामा बधाइ दिए । साथै उनले नेपालमा जापानी भाषाको प्रवर्द्धनमा कामिमुराले अझै अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईंको दिन शुभ अशुभ कस्तो छ ? हेरौं आजको राशिफल
-
वर्षा र हावाहुरीबिच भएको खेलमा फुलहमले ब्राइटनलाई हरायो
-
क्यालिफोर्नियामा ७ म्यान्नेच्युडको शक्तिशाली भूकम्प, १० औं हजार मानिस प्रभावित
-
प्रदेशका तीन सडक समस्याग्रत घोषित
-
ऊर्जामन्त्री खड्का हुल बाँधे्र पुगे जमुनी सिँचाइ आयोजना हेर्न
-
१२ बजे, १२ समाचार : वाइडबडी काण्डमा पूर्वमन्त्री शाहीले पाए सफाइदेखि एनपिएलमा भारतीय गिरोहको सट्टेबाजीसम्म