फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति रोक्न माग गर्दै ज्ञापनपत्र
काठमाडौँ । फास्ट ट्र्याकमार्फत प्रोफेसर नियुक्ति गर्न लागिएको विज्ञापन रोक्न माग गर्दै त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई ज्ञापनपत्र बुझाइएको छ ।
त्रिविमा अध्यापनरत विभिन्न ६ प्राध्यापक सङ्घहरूले त्रिवि सेवा आयोगका अध्यक्ष प्राडा घनश्याम भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन् ।
शैक्षिक जनशक्ति आपूर्ति र पदोन्नतिका लागि हालै प्रकाशित विज्ञापन उपरोक्त मान्यता विपरीत रहेको उनीहरूको ठम्याई छ । उक्त, विषयमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञापनलाई कार्यान्वयनमा नल्याउन माग गरे ।
लामो समयदेखि विज्ञापन अवरुद्ध भएको अवस्थामा सह–प्राध्यापक तथा प्राध्यापक पदहरूको आन्तरिक तर्फ बढुवाका लागि निर्धारित सङ्ख्या अत्यन्त न्यून रहेको अध्यक्षलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
लामो समयसम्म विज्ञापनको पर्खाइमा रहेका र प्रतिवर्ष प्रत्याशीहरूको सङ्ख्या समेत वृद्धि भएको अवस्थालाई दृष्टिगत गर्दै हाल भएको सङ्ख्यालाई विनाशर्त परिमार्जन गरी निश्चित मापदण्ड र पिरामिड खुल्ने वस्तुगत आधार नभएसम्म विज्ञापन खारेज गर्न माग गरेका हुन् ।
सेवा आयोगले प्रकाशित गरेको आन्तरिक खुल्ला र नयाँ शीर्षक दिएको अनुसन्धानात्मक विशिष्टताका आधारमा खुल्ला प्रतियोगिता अन्तर्गतका विज्ञापनहरू उच्च स्तरीय शैक्षिक र अनुसन्धानशील जनशक्तिहरूको प्रवेश व्यवस्थापन तथा पदोन्नतिको प्रतिकूल रहेको उनीहरूको भनाइ छ ।
खुल्ला प्रतियोगिताको मर्म विपरीत प्रतिस्पर्धालाई साँघुरो र त्रिवि सेवा प्रवेश बिन्दुको पद उपप्राध्यापक तहमा दक्षता परीक्षणका लागि लिखित परीक्षा हटाइनुले सीमित व्यक्तिहरूलाई मात्र अवसर दिने र यसको दायरा सीमित गर्ने विश्वविद्यालयको कुण्ठित आशय भएको उनीहरूको भनाइ छ ।
उनीहरूले यो प्रक्रियालाई त्रुटिपूर्ण भनेका छन् । प्राध्यापकहरूका मागका सम्बन्धमा कार्यकारी परिषद्द्वारा गठित समितिको प्रतिवेदनका आधारमा कार्यविधि संशोधन गरी उक्त कार्यविधिका आधारमा गर्न माग गरेका छन् ।
त्रिविमा रिक्त दरबन्दीको पदपूर्ति निश्चित मापदण्ड आधार र पिरामिड खुल्ने गरी, पदोन्नति जस्तो गम्भीर विषयलाई मध्यनजर गर्दै आम प्राध्यापकहरूको मागलाई सम्बोधन गरी संशोधित कार्यविधि लागू गरी पुनः विज्ञापन गर्ने गरी हालको विज्ञापन कार्यान्वयनमा नल्याउन माग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण