प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता : भलिबलतर्फ बझाङ र कैलालीलाई उपाधि
आइतबार, २५ जेठ २०८२, १८ : ४७
कैलाली । १५ औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा छात्र भलिबलको उपाधि बझाङले जितेको छ । आइतबार दिउँसो चार बजे भएको कैलालीसँगको फाइनल खेलमा बझाङले कैलालीमाथि सोझो सेटले जित निकाल्दै प्रथम भएको हो ।
पहिलो सेट २५–२१ र दोस्रो सेट २५– १७ ले जितेको हो । यसैगरी छात्रा तर्फ भने कैलालीले उपाधि जितेको छ।दार्चुलामाथि सोझो सेटले कैलालीले उपाधिले जितेको हो ।
१५ औँ सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा भलिबल खेलतर्फ नौ वटै जिल्लाका टिमको सहभागिता रहेको थियो ।
२४ गतेदेखि धनगढीस्थित रङ्गशालामा छनोट प्रतियोगिता भएको थियो । आइतबार यस प्रतियोगिताका खेलहरूको समापन भएका छन्। सम्पूर्ण खेलको नतिजा आउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने
-
स्पेनसँगको हारसँगै सकियो रोनाल्डोको विश्वकप यात्रा: कस्तो रह्यो उनको ६ विश्वकप करियर ?
-
डे केटेलारेको दोस्रो गोल, अमेरिकाविरुद्ध बेल्जियम २–१ ले अगाडि
-
अमेरिकाविरुद्ध बेल्जियमको सुरुवाती अग्रता
-
स्पेनले अन्तिम क्षणमा गोल गर्दा बाहिरियो पोर्चुगल
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण