बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेकपा एमालेबाट १ लाख भिख मागेको आरोप लगाएका छन् । शुक्रवार काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेलगत्तै बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आरोप लगाएका हुन् ।
नेता बस्नेतले बालेनले गरेको सो निर्णयलाई सकारात्मक र नकारात्मक कोणबाट हेर्न सकिने भन्दै लेखेका छन्–
बालेनद्वारा पालित पोषित एउटा नगर प्रहरीले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेछ। यसलाई दुई एङ्गलबाट हेर्न सकिन्छ।
सकारात्मक : काठमाडौँमा हुने सयौं जुलुस सभा भन्दा एमालेको सभा अभूतपूर्व भयो जस कारण सफा गर्नको लागि मात्रै पनि बालेनलाई १ लाख भिख माग्न पर्यो ।
नकारात्मक : बालेनलाई यति धेरै एमाले फोबिया छ कि कुन दिन एउटा दन्ते कथामा ज्योतिषले बाघको आक्रमण बाट मर्छ भनिएको राजकुमार कोठाको कोठै थुनेर राख्दा पनि उक्त बालक उक्त राजकुमार वनको बाघलेले होइन किताबमा भएको बाघको चित्र हेरेर मृत्युवरण गरेको जस्तै बालेन पनि एमाले हेरेरै एमालेसँग डराएर सकिने अवस्थामा पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्किन्सन्स रोगको सहुलियतमा उपचार हुने यी हुन् सात अस्पताल
-
नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको बिदाइ
-
सिंहदरबारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताहरूको बैठक
-
एमआरपीमा ९२ कम्पनीलाई करोड बढी जरिवाना, अझै कडाइ गर्ने विभागको अडान
-
अख्तियारको सेलेक्टिभ न्याय : ‘ठुला माछा’ फसेको काण्डमा यसरी उम्किए रामदेव र बालकृष्ण
-
डोटीमा बोलेरो जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु