धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जनाको अन्तर्वार्ता सम्पन्न
आइतबार, ०९ मङ्सिर २०८१, १२ : ४१
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि आज थप दुई जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण सम्पन्न भएको छ ।
यसअघि अन्तरवार्ता तथा प्रस्तुतीकरणमा छुटेका उम्मेदवारहरूमध्ये कृष्णबहादुर कार्की र नवराज अधिकारीको आज अन्तर्वार्ता भएको हो । अघिल्लो पटक उपस्थित नभएका चिरञ्जीवी चापागाईँ आज पनि अन्तर्वार्ता दिन गएनन् ।
दुई उम्मेदवार सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका छन् । आज थप दुई जनाको अन्तर्वार्ता भएपछि अब यी चारमध्ये तीन जनाको नाम सिफारिस समितिले मन्त्रिपरिषदसमक्ष पेस गर्नेछ । त्यसमध्ये मन्त्रिपरिषदले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ ।
२०८० पुस २० गतेदेखि धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त छ । छनोट सिफारिस समितिले १९ उम्मेदवारबाट पाँच जनाको नाम सर्टलिस्टमा पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण