जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु
आइतबार, ०९ मङ्सिर २०८१, १३ : ०१
अम्मान । जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान गोली चल्दा एक व्यक्तिको मृत्यु हुनुका साथै सुरक्षा सेवाका तीन सदस्य घाइते भएका छन् ।
सार्वजनिक सुरक्षा निर्देशनालयले राजधानी अम्मानको राबिह क्षेत्रमा सञ्चालित गस्ती टोलीमाथि आइतबार बिहान गोली चलेको घटनालाई नियन्त्रणमा लिएको घोषणा गरेको सरकारी समाचार एजेन्सी पेट्राले जनाएको छ ।
एक बन्दुकधारीले गस्ती टोलीमाथि गोली चलाएको र पछि सुरक्षा बलले आक्रमणकारीलाई घेरा हालेको थियो । ती व्यक्तिले ‘सुरक्षा बलमाथि गोली चलाएपछि आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलामएको गोली लागि आक्रमणकारीको मृत्यु भएको पुष्टि भएको छ ।”
घटनामा परी तीन जना सुरक्षाकर्मी घाइते भएको र उनीहरुको उपचार भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ स्थानीय तहले ल्याएनन् चालु आवको बजेट
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण